SHARE
पर्दाफास · आइबार​ ३१ साउन २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

मिथिलामा सुरु भयो झुलनोत्सव

मैथिल परम्पराको विशिष्ट मानिने ‘झुलनोत्सव’ पर्व शनिबारदेखि महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा हर्षोल्लासका साथ सुरु भएको छ। साउन शुक्ल तृतीयाका दिनदेखि सुरु भई साउन पूर्णिमासम्म मनाइने यस पर्वका अवसरमा अहिले मन्दिर तथा वैष्णव मठहरूमा विष्णुलक्ष्मी भक्तिका भजन तथा झुला गीतहरू गुञ्जन थालेका छन्।