बैंकिङ प्रणाली सुरक्षित,आन्दोलनबाट क्षति भए पनि व्यवसाय सामान्य: गभर्नर पौडेल
३० भदौ, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा केही बैंकका शाखा र एटिएममा क्षति पुगे पनि समग्र बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण समारोहमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।
