SHARE
पर्दाफास · शनिबार ३० साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैन : नेता साउद

नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधान एक जीवित राजनैतिक दस्ताबेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताएका हुन् ।