SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ ०९:२५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन : २३ जनाको शव आफन्तले बुझे, ७ जनाको शव चिन्न नसकिने अवस्थामा

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका २३ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ती शव परिवारजनले अन्त्येष्टि गर्न लगेको अस्पताल स्रोतले जनाएको छ । फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ४६ शव अस्पतालमा ल्याइएका छन् ।