SHARE
काठमाण्डुपाटी · शनिबार ३० साउन २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

भिरबाट बस र भ्यान खसे, पाँच जना घाइते

काठमाण्डु – नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेका छन् । टोखा–छहरे सडकखण्डमा काठमाण्डुबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बाप्र०८–१ ख ००५२ नम्बरको बस र बाप्र ०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यान भिरमा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा बसमा रहेका पाँच जना महिला घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी