SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ १०:०० AM · 1 मिनेट पढाइ

बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध

काठमाडौं । भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो ।  आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो ।