नेपाललाई आतङ्कवादी हमला वा गृहयुद्ध भएका देशहरूको सूचीमै राखियो
काठमाडौं । संयुक्त अरब इमिराट्स (UAE) को शारजाह इमिग्रेशनले नेपाललाई आतङ्कवादी हमला वा गृहयुद्ध भएका देशहरूको सूचीमा राखेको छ। यसलाई धेरैले हालै नेपालमा देखिएको Gen-Z आन्दोलनको साइड इफेक्टको रूपमा लिइरहेका छन् । यस निर्णयसँगै नेपाली नागरिकहरूले अब UAE भित्र पर्यटन भिसा लिन अझै कठिनाइ भोग्नुपर्ने देखिएको छ ।
