SHARE
पर्दाफास · शनिबार ३० साउन २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन

सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ लोगोमा अक्षरको डिजाइनलाई परिमार्जन गर्दै थप आधुनिक र स्पष्ट बनाएको हो । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन् ।