खुद्रे आयोजना हटाउँदा सय अर्ब बचत हुन्छ : अर्थमन्त्री खनाल
काठमाडौं । खुद्रे आयोजनाहरु अघि नबढाउने निर्णय गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरु कार्यान्वयन नगर्दा १०० अर्ब रुपैयाँको स्रोत जोहो हुने बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार पदबाहालीपछि अर्थका अधिकारीहरुसँगको छलफलमा उनले त्यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको बताए ।
