SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ १०:४६ AM · 1 मिनेट पढाइ

आजदेखि देशभर सुपथ पसल : कहाँ-कहाँ छन् बिक्री केन्द्र ?

काठमाडौं । सोमबार (आज) बाट काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।   खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिए पनि यसपटक औपचारिक कार्यक्रम बिनै सुरु गरिएको हो ।