SHARE
पर्दाफास · शनिबार ३० साउन २०८३ ०३:३१ AM · 1 मिनेट पढाइ

सरकारी कार्यालयमा फारम भर्न अनधिकृत व्यक्तिको भर पर्न नपर्ने

सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्न अब सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने भएको छ। सरकारले सरकारी सेवा सहज, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।