SHARE
पर्दाफास · शनिबार ३० साउन २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

विद्यमान कानुनबाटै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सकिने

नेपालमा विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको आन्तरिक खपत तथा अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउनुपर्नेमा ऊर्जा क्षेत्रका सरोकारवालाले जोड दिएका छन् । उनीहरूले नयाँ कानुनको प्रतीक्षा नगरी विद्यमान विद्युत् ऐन, २०४९ कै व्यवस्थाअनुसार निजी क्षेत्रलाई पावर ट्रेडिङको अनुमतिपत्र दिन सकिने बताएका हुन् ।