SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ ११:३० AM · 1 मिनेट पढाइ

खण्डहर बनेको पार्टी कार्यालय अनुगमनका लागि पुगे एमाले महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।   महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।