के हुन्छ मनाङको प्रदेशसभा उपनिर्वाचन ?
काठमाडौं । मनाङ प्रदेशसभा–२ का लागि आगामी कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचन भने नरोकिने भएको छ । निर्वाचन आयोग नेपालका प्रवक्ता सुमन घिमिरेले लोकपथलाई जानकारी दिँदै मनाङ प्रदेशसभा–२ को सन्दर्भमा कुनै निर्णय नभएकाले घोषित मितिमै निर्वाचन हुने पुष्टि गरे । ‘प्रदेशको उपनिर्वाचनको सन्दर्भमा कुनै निर्णय नभएकाले पहिलेकै निर्णय कार्यान्वयन हुनेछ,’ घिमिरेले लोकपथसँग भने ।
