SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

भुटानी शरणार्थी र ६० किलो सुन तस्करीको मुद्दा रहेको फाँटमा छानिछानी आगजनी

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रहेका फाँटहरूमध्ये सबैभन्दा संवेदनशील फाँट हो, फाँट नम्बर ९ र फाँट नम्बर १३ । यी दुवै फाँटहरूमा धेरै प्रतिवादी रहेको, जटिल प्रकृतिका मुद्दा भएको र धेरै समय लाग्ने मुद्दाका मिसिलहरू रहन्छन् । यी दुई फाँटहरूमध्ये फाँट नम्बर १३ मा थियो बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ।