काठमाडौँका ५ स्थानबाट आज ग्यास बिक्री गरिँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास बिक्रीवितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ। अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन्।
