असोज १ गते शोक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले असोज १ गते बुधबार राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ । सुशीला कार्की प्रधानमन्त्री भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकमो निर्णय सुनाउँदै गृह एवं कानुनमन्त्री ओमप्रकाश अर्यालले त्यसबारे जानकारी दिए ।
