इन्स्पेक्टरदेखि आईजीपीसम्मको तलब कटाएर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने
काठमाडौं । जेनजी समूहको आन्दोलनका क्रममा मृत्युवरण गरेका प्रहरी कर्मचारीहरुलाई जनही १० लाख दिइने भएको छ । प्रहरीले सरकारले उपलब्ध गराएको बाहेक प्रहरी उच्च कर्मचारीको तलबबाट कटाएर सो रकम उपलब्ध गराउन लागिएको हो । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ड्यूटीमै रहेका जना प्रहरी कर्मचारीको मृत्यु भएको थियो ।
