मिसिल जल्दैमा मुद्दाबाट उन्मुक्ति पाइन्छ भनेर नसोचे हुन्छ : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मुद्दाका मिसिल जल्दैमा मुद्दा नसकिने बताएका छन् । सोमबार लोकपथसँग कुराकानी गर्दै राउतले मिसिल जल्दैमा कसैले पनि मुद्दाबाट उन्मुक्ति नपाउने बताएका हुन् । सोमबार काठमाडौं जिल्ला अदालतको भवनको अवस्था हेर्न अदालत परिसर पुगेका राउतले मुद्दाका मिसिल जलेर नष्ट भए पनि मुद्दा जीवित रहेको बताए ।
