जेनजी आन्दोलन : जलेका भवनहरुमा भेटिन थाल्यो मानव अस्थिपञ्जर
काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशभरका सरकारी सम्पत्तिदेखि निजी सम्पत्तिमा समेत ठूलो क्षति भयो । भदौ २३ र २४ गते आन्दोलन उग्र बन्दा जलेका भवनहरुको सरसफाइ र मर्मत कार्य भइरहेको छ । सो क्रममा विभिन्न जलेका भवनहरुमा जलेका मानव अस्थिपञ्जरहरु फेला पर्न थालेका छन् ।
