भागेका कैदीहरूबाट न्यायाधीशलाई धम्की आइरहेको छ : न्यायाधीश मल्ल
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले भागेका कैदीहरूबाट न्यायाधीशलाई धम्की आइरहेको बताएकी छिन् । जेनजीको प्रदर्शनपछि भागेका कैदीका कारण न्यायाधीशमाथि सुरक्षा खतरा बढेको मल्लले बताएकी हुन् । सोमबार काठमाडौं जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकनपछि लोकपथसँग संक्षिप्त कुराकानी गर्दै न्यायाधीश मल्लले न्यायाधीशहरूमाथि धम्की आइरहेको बताइन् ।
