SHARE
पर्दाफास · शुक्रबार​ २९ साउन २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

भोलि काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री हुने

खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा साउन ३० गते शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन्।