कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्ने बताएका छन् । उनले अहिले मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्तालाई राष्ट्रिय हितका विषयमा सजग भएर भूमिका निर्वाह गर्न आग्रह गरे ।
