SHARE
पर्दाफास · शुक्रबार​ २९ साउन २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

गगन थापालाई मोहन बस्नेतको चुनौती– ‘५५ वर्षमा राजनीति छोड्ने वाचा पूरा गर्नुस्’

नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिएका छन् । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले थापाको उमेर र उनले विगतमा व्यक्त गरेका प्रतिवद्धताका विषयमा टिप्पणी गरेका हुन् ।