SHARE
पर्दाफास · शुक्रबार​ २९ साउन २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेजमा विशेष छुट पाउने

पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौँ मेडिकल कलेज (केएमसी)बाट स्वास्थ्य उपचारमा विशेष छुट तथा सुविधा पाउने भएका छन्। शुक्रवार पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौँ मेडिकल कलेजबीच स्वास्थ्य उपचार सहयोग प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो।