SHARE
पर्दाफास · शुक्रबार​ २९ साउन २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्डनजिक मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा बाढी पसेपछि तीन जना फसेका थिए।