सांसद खगेन्द्र सुनारको अभिव्यक्तिले तान्यो विवाद, पूर्व प्रहरी उच्च अधिकारीले भने– प्रहरीको मनोबल गिराउने काम नगरौँ
सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्षका सांसदहरूले प्रहरी अधिकारीहरूमाथि अमर्यादित व्यवहार गरेको आरोप लागेपछि त्यसप्रति विभिन्न क्षेत्रबाट आपत्ति जनाइएको छ। संसदीय निगरानीका नाममा प्रहरी अधिकारीहरूको हुर्मत लिने र अनुसन्धान प्रभावित पार्ने शैली अपनाइएको भन्दै प्रश्न उठेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
