SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।