तलब कट्टा गरी जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई संगठनले १० लाख दिने
जेनजी आन्दोलनका क्रममा कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले १०–१० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उपलब्ध गराइने सो रकम मृतक प्रहरीका परिवारजनलाई हस्तान्तरण गरिनेछ।
