SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवद्र्धन गरेपछि बिक्रीमा आएको सुधारले संस्थानको वित्तीय अवस्थासमेत सुधारिन थालेको छ । पछिल्लो तीन महिनामा डीडीसीले कृषकलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा झारेको जनाएको छ ।