SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५८५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७०, रातोबत्तीमा ५४ जना चालकलाई कारबाही गरिएको छ ।