SHARE
पर्दाफास · सोमबार २५ साउन २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

२० करोड कमाउँदै ‘गौंथली’ बन्यो तेस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढी ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ। फिल्मले सोमबार दिउँसो ४ बजेसम्म २० करोड १० लाख रुपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मलाई ७ लाख २९ हजार दर्शकले हेरेका छन्।