SHARE
पर्दाफास · सोमबार २५ साउन २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने– ‘इतिहास मेटिँदैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरी ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले काटेर वा बोर्डमा बनाइएका हेडलाइन तथा आफूलाई गरिएका आलोचनाले इतिहास नमेटिने बताए। उनले आफूले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ नभनेको स्पष्ट पारे।