हिमपहिरोमा हराएका पाँच जनाको शव संकलन गरेर काठमाडौं पठाइयो
दोलखाको गौरीशंकर गाउँपालिका-९ को यलुङ री हिमालमा गएको हिमपहिरोमा परी गत कात्तिकमा बेपत्ता भएका पाँच जनाको शव नौ महिनापछि फेला परेको छ। हिउँ पग्लिएपछि हिमालको आधार शिविर क्षेत्रमा शव देखिएसँगै जोखिम मोलेर गरिएको खोज तथा उद्धार प्रयासबाट पाँचै शव संकलन गरिएको हो। आइतबार बिहान संकलन गरेर रोल्वालिङ क्षेत्रकै ‘ना’ गाउँमा राखिएको शवहरू सोमबार मौसममा सुधार भएपछि परिवारको जिम्मा लगाउन काठमाडौं पुर्याइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताए।
