SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

गगन थापालाई साउन २८ सम्म निकास दिन संस्थापनइतर समूहको अल्टिमेटम

काठामडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्।कार्यक्रममा कांग्रेस नेता शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली-गलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको बताए।