घरबाटै ‘ड्रग डिलिङ’ धन्दा
काठमाडौं : ललितपुरको कुपण्डोलस्थित एउटा तीनतले घर। घरको चारैतिर सीसीटीभी क्यामेरा। सुरक्षाका लागि बाहिर कुकुर। घरभित्र प्रवेश गरेपछि पनि तीनवटा फलामे ढोका। अनि माथिल्लो तलामा छुट्टै कोठा–जहाँबाट लागुऔषधको कारोबार चल्थ्यो।प्रहरीका अनुसार यही घरलाई ‘ड्रग डिलिङ अफिस’ बनाएर लागुऔषधको कारोबार गर्दै आएका ललितपुर महानगरपालिका–१ कुपण्डोलका प्रज्ज्वल केसी हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।
