ट्रमा सेन्टर सार्ने षड्यन्त्रविरुद्ध ढल्केवरमा चक्काजाम, पूर्वपश्चिम राजमार्ग ठप्प
ढल्केवर (धनुषा) : ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन्। ट्रमा सेन्टर ढल्केवरमै निर्माण गर्नुपर्ने मागसहित जारी आन्दोलनअन्तर्गत सोमबार स्थानीयले बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन्। चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि लामो समयदेखि स्थानीयस्तरबाट दबाब र पहल हुँदै आएको छ।
