SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा बोलाउन सभामुखसँग कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरेको छ।  सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै सीमासम्बन्धी दिएको अभिव्यक्तिमा जवाफ दिन माग गरेकी हुन्।उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका विषयमा सदनमा स्पष्ट जवाफ दिन र अभिव्यक्ति सच्याउन उनले आग्रह गरिन्।