SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

रंगुनले उजाडेको सिमलखेत

डडेलधुरा : डडेलधुराको परशुराम–६ सिमलखेतका गोरे थापा हाल घरबारविहीन भएका छन्। रंगुन नदीले उनको १५ रोपनी जग्गा बगर बनाई दिएपछि उनी घरबारविहीन भएका हुन्। उनी अहिले सोही वडाको बैजनाथ सामुदायिक वन छेउको सडक किनारमा अस्थायी बसोबास गरिरहेका छन्। गोरे थापाका बुवा कालुसिंह थापा ४ छोरासहित २०३६ सालमा सिमलखेत झरेका हुन्।अछामको हाल साँफेबगर नगरपालिका–६ पाटलकोटबाट कालुसिंह सिमलखेत झरेका हुन्।