SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं : साउन महिनाको अन्तिम (चौथो) सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा-आराधना र दर्शनका लागि श्रद्धालुहरूको घुइँचो लागेको छ। बिहानैदेखि पानी परिरहेकाे भएपनि मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो लागेकाे छ।भक्तजनको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३:०० बजेदेखि नै खुला गरिएको छ।यस्तै, बोलबम यात्राका लागि सुन्दरीजलमा जम्मा भई वाग्मतीको पवित्र जल ल्याएका श्रद्धालुहरूलाई जल चढाउन विशेष व्यवस्था मिलाइएको छ।