SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

आज कुन-कुन स्थानमा हुँदैछ भारी वर्षा ?

काठमाडौं : हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।