SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

मकवानपुरबाट पेस्तोल बरामद, एक जना पक्राउ

काठमाडौं : मकवानपुरबाट एक थान पेस्तोल र म्यागजिन बरामद गरिएको छ । बागमती गाउँपालिका –०९ बेतिनी अगौटेस्थित टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो ।प्रहरीका अनुसार बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो ।