प्राज्ञिक गरिमामाथि सरकारी प्रहार
राजनीतिमा जब आदर्शका ठूला कुरा गर्नेहरू व्यवहारको कसीमा घोटिन्छन्, तब उनीहरूको सक्कली अनुहार उदांगो हुन्छ। भर्खरै सरकारको नेतृत्वमा पुगेका र सुशासनको चर्को नारा दिने नयाँ दलका मन्त्रीले तीनवटै प्रज्ञा–प्रतिष्ठानको नियुक्ति र शपथग्रहणमा जे–जस्तो हर्कत देखाए, त्यसले उनीहरूको ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) को दाबीलाई नराम्रोसँग गिज्याएको छ।
