ब्रोड पिकमा बिलाए निम्स दाइ, म्याग्दीमा फैलिँदै ‘निम्सपुर्जाई’
काठमाडौं : जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र हिमाल संरक्षणका क्षेत्रमा सचेतना जगाइरहेका विश्वविख्यात आरोही निर्मल पुर्जाको नाममा वनस्पतिको नाम राखिएको थियो, ‘निम्सपुर्जाई’। वनस्पतिविज्ञ तथा अनुसन्धानकर्ता भक्तबहादुर रास्कोटी र रीता आलेले तिउरी जातको वनस्पति म्याग्दी जिल्लामा भेटाएका थिए। त्यसपछि उनीहरूले पुर्जाको सम्मानस्वरूप उक्त वनस्पतिको नाम ‘निम्सपुर्जाई’ राखेका थिए।
