SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

ट्रमा सेन्टर सार्ने प्रयासको विरुद्ध ढल्केवरमा राँके जुलुस

ढल्केवर (धनुषा) : धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयले राँके जुलुस निकालेका छन्। ढल्केवरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने मागसहित जारी आन्दोलनअन्तर्गत आइतबार साँझ स्थानीय सडकमा राँका बोकेर निस्किएका हुन्।गत मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि ट्रमा सेन्टर ढल्केवरमै निर्माण गर्नुपर्ने मागसहित स्थानीयहरूले आन्दोलन चर्काएका छन्।