SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

गगनलाई पूर्णबहादुरको सुझाव- हिम्मतका साथ तत्काल पार्टी एकताका लागि अग्रसर हुनुस्

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुन आग्रह गरेका छन्।पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा कांग्रेसकै नेताकार्यकर्ताबाट आएका अभिव्यक्ति, टीकाटिप्पणीले आफूलाई चिन्तित बनाएको खड्काले बताएका छन्।