SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

ट्रम्पको १५ सूत्रीय योजना नेतन्याहूले गरे अस्वीकार

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ सूत्रीय शान्ति योजनालाई अस्वीकार गरेका छन्।आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले इजरायलले उक्त १५ सूत्रीय दस्तावेज स्वीकार नगर्ने स्पष्ट पारेका हुन्। उनले हमास पूर्णरूपमा निःशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने बताए।नेतन्याहूले हमासले पूर्णरूपमा हतियार त्यागेपछि मात्रै इजरायली सेनाको फिर्ती सम्भव हुने बताए।