सुधार केन्द्रमा एक पुरुषको मृत्यु, पाँच जना पक्राउ
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार बिरुवास्थित उत्साहित सुधार केन्द्रमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सुधार केन्द्रमा रहेका सोही वडा बस्ने वर्ष ४१ को उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको हो।प्रारम्भिक विवरणअनुसार सुधार केन्द्रमा उपचारका लागि राखिएका खड्गीको बिहान करिब ४ बजेतिर मृत्यु भएको बताइएको छ। उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन।
