ज्योति विकास बैंकको शाखा र एटीएम बन्द, डिजिटल बैंकिङ्गमा पनि समस्या
२५ भदौ, काठमाडौं। ज्योति विकास बैंकले आफ्ना सबै शाखा र एटीएम सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ। देशको सुरक्षा अवस्था र विषम परिस्थितिका कारण यो निर्णय गरिएको बैंकले जनाएको छ। बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवामा पनि केही प्राविधिक समस्या आएको जानकारी दिएको छ।
