एनसेलको निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढ्यो
२६ भदौ, काठमाडौं। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरूलाई दिइरहेको निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ। यसअघि दुई दिनका लागि मात्र उपलब्ध गराइएको यो सेवा अब थप एक दिन बढाएर शुक्रबारसम्म कायम गरिएको छ।
